धर्मराज थापा

dharmaraj

पुरस्कार प्राप्त मिति वि.सं. २०२७
जन्म मिति वि.सं. १९८१
पुरस्कार प्राप्त कृति मङ्गली कुसुम
परिचय
धर्मराज थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा बाटुलेचौर, पोखरा, कास्कीमा भएको हो। उनले मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन् भने श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत २०५८ सालमा जगदम्बा-श्री पुरस्कार प्राप्त गरेका हुन्।

पारसमणि प्रधान

parasmani

पुरस्कार प्राप्त मिति वि.सं. २०२५
जन्म मिति वि.सं. १९५५-२०४३
पुरस्कार प्राप्त कृति टिपन-टापन
परिचय
पारसमणि प्रधानको जन्म १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जीलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। टिपन-टापन ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन्।

ग्रीष्म बहादुर देवकोटा

grishmabahadur

पुरस्कार प्राप्त मिति वि.सं. २०२४
जन्म मिति वि.सं. १९७३-२०५१
पुरस्कार प्राप्त कृति नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास
परिचय
ग्रीष्म बहादुर देवकोटाको जन्म बाबु वसन्तकुमार देवकोटा तथा आमा आनन्द कुमारीका सुपुत्रका रूपमा नरदेवी, काठमाडौँमा भएको थियो। उनको निधन २०५१ सालमा भएको थियो। नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक ग्रन्थका लागि सामाजिक शास्त्रतर्फको मदन पुरस्कार २०२४ प्राप्त गरेका थिए।

शंकर लामिछाने

shankarlamichhane

पुरस्कार प्राप्त मिति वि.सं. २०२५
जन्म मिति वि.सं. १९८४-२०३२
पुरस्कार प्राप्त कृति एब्स्ट्र्याक्ट चिन्तन र प्याज
परिचय
शंकर लामिछानेको जन्म वि.सं. १९८४ साल चैत्र महिनामा जैसीदेवल, काठमाडौँमा भएको थियो। उनको निधन ४६ वर्षको उमेरमा २०३२ सालमा काठमाडौँमा भएको थियो। एब्स्ट्र्याक्ट चिन्तन र प्याज निबन्ध सङ्ग्रहको लागि गद्यतर्फको मदन पुरस्कार २०२४ प्राप्त गरेका हुन्।

मोदनाथ प्रश्रित

modnath

पुरस्कार प्राप्त मिति वि.सं. २०२३
जन्म मिति वि.सं. १९९९
पुरस्कार प्राप्त कृति मानव महाकाव्य
परिचय
मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम
मोदनाथ पौडेल हो।
मानव महाकाव्य ग्रन्थको लागि उनले पद्य विधामा मदन पुरस्कार २०२३ प्राप्त गरेका हुन्।

उत्तम कुँवर

uttamkuwar

पुरस्कार प्राप्त मिति वि.सं. २०२३
जन्म मिति वि.सं. १९९५-२०३९
पुरस्कार प्राप्त कृति स्रष्टा र साहित्य
परिचय
उत्तम  कुँवरको  जन्म  बाबु जङ्धबहादुर   कुँवर   र   आमा भगवतीका सुपुत्रका रूपमा वि. सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौँमा  भएको थियो।  उनको निधन २०३९ साल साउन १५ गते काठमाडौँमा भयो।

उनले स्रष्टा र साहित्य (२०२३) शीर्षकको ग्रन्थको लागि मदन पुरस्कार २०२३ प्राप्त गरेका थिए।

सुश्री पारिजात

parizat

पुरस्कार प्राप्त मिति वि.सं. २०२२
जन्म मिति वि.सं. १९९४-२०५०
पुरस्कार प्राप्त कृति शिरीषको फूल
परिचय
सुश्री पारिजात साहित्यिक नाम हो र उनको खास नाम विष्णुकुमारी वाइबा हो। वि.सं. १९९४ सालमा लिँगिया चिया बगान दार्जिलिङ, भारतमा उनको जन्म भएको थियो। साहित्य साधना र सेवामा नै उनको जीवन बितेको थियो। ५६ वर्षको उमेरमा २०५० सालमा काठमाडौँमा उनको निधन भएको थियो। शिरीषको फूल (उपन्यास) नामक ग्रन्थको लागि उनले गद्यतर्फको मदन पुरस्कार २०२२ पाएकी थिइन्। उनी मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला थिइन्।

लक्ष्मीबहादुर श्रेष्ठ

laxmibahadur

पुरस्कार प्राप्त मिति वि.सं. २०२१
जन्म मिति वि.सं. १९८५
पुरस्कार प्राप्त कृति वस्त्र निर्माणकला
परिचय
लक्ष्मीबहादुर श्रेष्ठ कोबहाल टोल, ललितपुरमा वि.सं. १९८५ साल मार्ग महिनामा बाबु कीर्तिबहादुर श्रेष्ठ र आमा बाबाज्यानका सुपुत्रकारूपमा जन्मेका हुन्। उनले वस्त्र-निर्माण कला नामक ग्रन्थको लागि विज्ञानतर्फको विषयमा मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन्।

नवराज चालिसे

navarajchalise

पुरस्कार प्राप्त मिति वि.सं. २०२१
जन्म मिति वि.सं. १९९६
पुरस्कार प्राप्त कृति प्राचीन हिन्दू अर्थशास्त्र
परिचय
नवराज चालिसे बाबु नारायणप्रसाद चालिसे र आमा लक्ष्मीदेवी चालिसेका सुपुत्रका रूपमा बेसी गाउँ, जोरपाटी, काठमाडाँमा वि.सं. १९९६ साल वैशाख ३० गते जन्मेका हुन्। उनले प्राचिन हिन्दू अर्थशास्त्र नामक पुस्तकको लागि सामाजिक शास्त्र विषयमा मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन्।

मुकुन्दशरण उपाध्याय

mukundaraj

पुरस्कार प्राप्त मिति वि.सं. २०२१
जन्म मिति वि.सं. १९९७
पुरस्कार प्राप्त कृति प्राकृत पोखरा
परिचय
मुकुन्दशरण उपाध्याय वि. सं. १९९७ साल वैशाख ५ गतेका दिन बाबु पं. दशरथ उपाध्याय र आमा केशरकुमारीका सुपुत्रका रूपमा हेम्जा गाउँ, कास्की जिल्लामा जन्मेका हुन्। प्राकृत पोखरा नामक खण्डकाव्यका लागि उनले मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन्।