हरिप्रसाद गोर्खा राई

haribahadur

पुरस्कार प्राप्त मिति वि.सं. २०५३
जन्म मिति सन् १९१४- २००५
योगदान
विगत ६ दशकभन्दा बढी समयदेखि अविच्छिन्न रूपले नेपाली भाषा र साहित्यको संवर्ध्दनका निमित्त विभिन्न माध्यमबाट उल्लेखनीय सेवा प्रदान गरिरहेबापत
परिचय
हरिप्रसाद गोर्खा राईको जन्म बाबु धनराज राई र आमा यशोदा राईका सुपुत्रका रूपमा कोहिमा, नागाल्याण्ड, भारतमा सन् १९१४ जुलाई १५ तारिखका दिन भएको हो। उनको निधन ९२ वर्षको उमेरमा सन् २००५ नोबेम्बर १४ मा भएको थियो।

विनोदप्रसाद धिताल

binodprasad

पुरस्कार प्राप्त मिति वि.सं. २०५३
जन्म मिति वि.सं. १९८०
पुरस्कार प्राप्त कृति सही शब्द
परिचय
मदन पुरस्कारद्वारा सम्मानित विनोदप्रसाद धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौँमा भएको हो। योजनगन्धा नामक पौराणिक उपन्यास ग्रन्थका लागि उनले मदन पुरस्कार २०५२ प्राप्त गरे।