बलराम जोशी

balram

पुरस्कार प्राप्त मिति वि.सं. २०१३
जन्म मिति वि.सं. १९८७-२०५०
पुरस्कार प्राप्त कृति अधिकविभव स्थिरविद्युत् उत्पादक
परिचय
बलराम जोशीको जन्म १९८७ साल कात्तिक शुक्ल पञ्चमीका दिन बाबु पिताम्बरप्रसाद पन्त र आमा दीपकुमारीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौँमा भएको हो।
मदन पुरस्कारद्वारा उनी अधिकविभव स्थिरविद्युत् उत्पादक नामक विज्ञानसम्बन्धी कृतिको लागि २०१३ सालमा पुरस्कृत भएका थिए।

चित्तरञ्जन नेपाली

chittaranjan

पुरस्कार प्राप्त मिति वि.सं. २०१३
जन्म मिति वि.सं. १९८८
पुरस्कार प्राप्त कृति जनरल भीमसेन थापा
परिचय
चित्तरञ्जन नेपालीको जन्म वि.सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौँमा भएको हो। उनको  खास नाउँ नारायणप्रसाद राजभण्डारी हो।सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले मदन पुरस्कार २०१३ सालमा प्राप्त गरेका हुन्।

सत्यमोहन जोशी

satyamohan

पुरस्कार प्राप्त मिति वि.सं. २०१३, २०१७, २०२८
जन्म मिति वि.सं. १९७७
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित सत्यमोहन जोशी बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन्।उनले हाम्रो लोक संस्कृति नामक ग्रन्थको लागि गद्य विधामा पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक पनि २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे।