राधा पौडेल

Radha-Poudel

पुरस्कार प्राप्त मिति वि.सं. २०७१
जन्म मिति वि.सं. २०३०
पुरस्कार प्राप्त कृति खलंङ्गामा हमला-एउटी नर्सको डायरी
परिचय
मदन पुरस्कारद्वारा उनी खलंङ्गामा हमला-एउटी नर्सको डायरी कृतिको लागि २०७० सालमा पुरस्कृत भएका थिए।

राजन मुकारुङ

Rajan-Mukarung

पुरस्कार प्राप्त मिति वि.सं. २०७०
जन्म मिति
पुरस्कार प्राप्त कृति दमिनी भीर
परिचय
राजन मुकारुङ नेपाली साहित्यकार हुन्। भोजपुर दिल्पामा जन्मेका मुकारुङका हेत्छाकुप्पा उपन्यास, दमिनी भीर उपन्यास आदि कृति प्रकाशित भएका छन्। उनले लेखेको दमिनी भीर उपन्यासका लागि उनले २०६९ सालको मदन पुरस्कार प्राप्त गरेका छन्।

अमर न्यौपाने

Amar-Neupane

पुरस्कार प्राप्त मिति वि.सं. २०६९
जन्म मिति वि.सं. २०३४
पुरस्कार प्राप्त कृति सेतो धरती
परिचय
अमर न्यौपानेको जन्म २०३४ साल चैतमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा चितवनको रंगीला भन्ने ठाउँमा हालः पटिहानी–७ व्रम्हपुरी, चितवनमा भएको हो। उनको “सेतो धरती” नामक ग्रन्थलाई मदन पुरस्कार २०६८ प्रदान गरिएको हो।

झमक घिमिरे

Jhamak_ghimire

पुरस्कार प्राप्त मिति वि.सं. २०६८
जन्म मिति वि.सं. २०३७
पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूल
परिचय
झमक घिमिरेको जन्म वि.स. २०३७ साल असार २१ गते शुक्रबार पिता कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका सुपुत्रीका रूपमा धनकुटा नगरपालिका वार्ड नं. ३, कचिडेमा भएको हो। उहाँले “जीवन काँडा कि फूल” (आत्मजीवनीपरक निबन्ध) कृतिका लागि मदन पुरस्कार २०६७ प्राप्त गर्नुभएको हो। मदन पुरस्कार प्राप्त गर्ने झमक दोस्रो नेपाली महिला हुन्।

नरबहादुर साउद

Narbahadur-Saud

पुरस्कार प्राप्त मिति वि.सं. २०६७
जन्म मिति वि.सं. २०१९
पुरस्कार प्राप्त कृति नेपालका बालीनाली र तिनको दिगो खेती
परिचय
नरबहादुर साउँदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। “नेपालका बालीनाली र तिनको दिगो खेती” ग्रन्थका लागि मदन पुरस्कार २०६६ पाएका हुन्। उनी नेपालका एक कृषि प्राविधिक हुन्।

युवराज नयाँघरे

Yuvaraj_Nayaghare

पुरस्कार प्राप्त मिति वि.सं. २०६६
जन्म मिति वि.सं. २०२६
पुरस्कार प्राप्त कृति एक हातको ताली
परिचय
युवराज नयाँघरेको जन्म २०२६ साल असोज १९ गते इलाममा भएको हो। उनले “एक हातको ताली” निबन्ध संग्रहका लागि २०६५ सालको मदन पुरस्कार पाएका हुन्।

जगदीश घिमिरे

Jagdish-ghimire

पुरस्कार प्राप्त मिति वि.सं. २०६५
जन्म मिति वि.सं. २००२
पुरस्कार प्राप्त कृति अन्तर्मनको यात्रा
परिचय
जगदीश घिमिरेको जन्म वि.स. २००२ साल चैत्र २८ गते रामेछाप जिल्लाको मन्थली भन्ने गाउँमा भएको हो। ‘माइलोमा’ भन्ने रक्त क्यान्सरका कारण ६८ बर्षको उमेरमा २०७० कार्तिक १४ गते उहाँको निधन भयो। उहाँको “अन्तर्मनको यात्रा” नामक आत्मकथा कृतिले मदन पुरस्कार २०६४ प्राप्त गरेको हो।

महेशविक्रम शाह

Mahesh-bikram-shah

पुरस्कार प्राप्त मिति वि.सं. २०६४
जन्म मिति
पुरस्कार प्राप्त कृति छापामारको छोरो
परिचय
महेशविक्रम शाहले ‘छापामारको छोरो’का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन् ।