श्री दुर्गा बराल (वात्स्यायन)

Durga Baral

पुरस्कार प्राप्त मिति वि.सं. २०७४
जन्म मिति
योगदान
श्री दुर्गा बराल (वात्स्यायन)लाई “समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरे बापत” संवत् २०७३ को जगदम्बा-श्री पुरस्कार समर्पित गरियो।
परिचय

लीलबहादुर क्षत्री

lil-bahadur-chettri

पुरस्कार प्राप्त मिति वि.सं. २०७३
जन्म मिति सन् १९३२
योगदान
श्री लीलबहादुर क्षत्रीलाई “६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहनुभएकाले” संवत् २०७२ को जगदम्बा-श्री पुरस्कार समर्पित गरियो।
परिचय
बसाईँ उपन्यासका कारण चर्चित श्री लीलबहादुर क्षत्रीका ब्रह्मपुत्रका छेउछाउ, तीन दशक, दोबाटो जस्ता १ दर्जन पुस्तकहरू प्रकाशित छन् भने सयौंको संख्यामा वहाँका रचनाहरू नेपाल तथा भारतका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन्।

फणिन्द्रराज खेताला

phanindra

पुरस्कार प्राप्त मिति वि.सं. २०६२
जन्म मिति वि.सं. १९७९
योगदान
आधा शताब्दीभन्दा अघिदेखि नेपाली भाषा शिक्षणमा अनवरत रूपमा साहित्य सेवामा लागी नेपाली भाषामा उल्लेख्य योगदान गरेबापत
परिचय
फणीन्द्रराज खेतालाको जन्म बाबु भुवनराज शर्मा र आमा दिव्यकुमारीका सुपुत्रका रूपमा विस १९७९ साल असोज १३ गते शुक्रवारका दिन ठमेल, सल्लाघारी काठमाडौंमा भएको हो।

अलि मियाँ

alimiya

पुरस्कार प्राप्त मिति वि.सं. २०६१
जन्म मिति वि.सं. १९७५
योगदान
विगत ६ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत
परिचय
अलिमियाँको जन्म १९७५साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँढहर बजार, पोखरा, कास्कीमा भएको हो।

कृष्णप्रकाश श्रेष्ठ

krishnaprakash

पुरस्कार प्राप्त मिति वि.सं. २०६०
जन्म मिति वि.सं. १९९४
योगदान
नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचार-प्रसारमा कष्टसाध्य रूपमा संलग्न भई चार दशकअघिदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भइरहेबापत
परिचय
कृष्णप्रकाश श्रेष्ठ १९९४ सालमा बाबु रामबहादुर श्रेष्ठ र आमा तेजकुमारीका सुपुत्रका रूपमा शोणितपुर, थानकोट काठमाडौंमा जन्मेका हुन्।

डायमन शमशरे

diamondsamsher

पुरस्कार प्राप्त मिति वि.सं. २०५९
जन्म मिति वि.सं. १९७५
योगदान
विगत आधा शताब्दिदेखि नेपाली साहित्यको आराधनामा संलग्न भइ गद्याख्यानद्वारा उल्लेखनीय योगदान गरिरहेबापत
परिचय
डायमनशम्शेर राणाको जन्म बाबु क. बृद्धशमशेर जबरा र आमा मोहनकुमारीका सुपुत्रका रूपमा १९९५ साल आषाढ २२ गतेका दिन ठुटिपीपल, तानसेन पाल्पामा भएको हो।

जनकविकेशरी धर्मराज थापा

dharmaraj

पुरस्कार प्राप्त मिति वि.सं. २०५७
जन्म मिति वि.सं. १९८१
योगदान
श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत
परिचय
धर्मराज थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा बाटुलेचौर, पोखरा, कास्कीमा भएको हो।

नेपाली शिक्षा परिषद्

nepalishikchhya

पुरस्कार प्राप्त मिति वि.सं. २०५६
जन्म मिति वि.सं. २००८
योगदान
भाषा र साहित्यतर्फ निरन्तर सक्रिय रही विभिन्न संस्थागत क्रियाकलापका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत
परिचय
नेपाली शिक्षा परिषद् २००८ साल साउन ३२ गते काठमाडौंमा राष्ट्रिय संस्थाको रूपमा जनस्तरबाट स्थापित भएको हो।

गोविन्दबहादुर मल्ल ‘गोठाले’

govindabahadur

पुरस्कार प्राप्त मिति वि.सं. २०५६
जन्म मिति वि. सं. १९७९
योगदान
नेपाली भाषा-साहित्यका विविध विधामा खास गरेर कथा, नाटक र उपन्यासमा गत पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत
परिचय
गोविन्दबहादुर मल्ल ‘गोठाले’को जन्म १९७९साल अषाढ २९ गते बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमायाको सुपुत्रका रूपमा ओमबहाल, काठमाडौंमा भएको हो।

अम्बर गुरुङ

ambargurung

पुरस्कार प्राप्त मिति वि.सं. २०५५
जन्म मिति वि. सं. १९९४
योगदान
विगत चार देशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत
परिचय
अम्बर गुरूङको जन्म बाबु उजिरसिंह गुरूङ र आमा रणुकादेवीका सुपुत्रका रूपमा विस १९९४ साल फागुन १४ गते लालढिकी, दार्जीलिङमा भएको हो।