मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०२७)

२०२५ सालको मदन पुरस्कारद्वारा सम्मानित 'मङ्गली कुसुम'का स्रस्टा श्री धर्मराज थापा

२०२६ सालको मदन पुरस्कारद्वारा सम्मानित 'बेलाइततिर बरालिँदा'का स्रस्टा श्री ताना सर्मा


२०२५ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘मङ्गली कुसुम’का स्रस्टा श्री धर्मराज थापाको उद्गार

Download the PDF file .

२०२६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘बेलाइततिर बरालिँदा’का स्रस्टा श्री ताना सर्माको उद्गार

Download the PDF file .


मदन पुरस्कार विजेताहरूको परिचय

tanasharma

पुरस्कार प्राप्त मिति वि.सं. २०२७
जन्म मिति वि.सं. १९९१
पुरस्कार प्राप्त कृति बेलाइततिर बरालिँदा
परिचय
ताना सर्माको जन्म बाबु प्रजापति शर्मा र आमा देवकीका सुपुत्रका रूपमा खरबोट गाउँ, इलाम जिल्लामा १९९१ साल असार ९ गते भएको हो। उनको खास नाम तारानाथ उपाध्याय भण्डारी वा डा. तारानाथ शर्मा हो। ताना सर्मा उनको साहित्यिक नाउँ हो। उनले बेलायततिर बरालिँदा नामक ग्रन्थको लागि साहित्य विधातर्फ मदन पुरस्कार २०२६ प्राप्त गरेका हुन्।

dharmaraj

पुरस्कार प्राप्त मिति वि.सं. २०२७
जन्म मिति वि.सं. १९८१
पुरस्कार प्राप्त कृति मङ्गली कुसुम
परिचय
धर्मराज थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा बाटुलेचौर, पोखरा, कास्कीमा भएको हो। उनले मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन् भने श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत २०५८ सालमा जगदम्बा-श्री पुरस्कार प्राप्त गरेका हुन्।