सम्वत् २०६८ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!

यही असोज १ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०६८ सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ।
२०६८ सालको ‘जगदम्बा-श्री पुरस्कार’ “गत ६ दशक भन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरूकुलीय सङ्गठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथार प्रचारका लागि ‘पूर्णिमा’ पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा निरन्तर रूपले उल्लेखनीय योगदान गरिरहे बापत् ‘संशोधन मण्डल’लाई दिने निर्णय गरियो।

२०६८ सालको ‘मदन पुरस्कार’ “सेतो धरती” नामक ग्रन्थका लागि श्री अमर न्यौपानेलाई दिने निर्णय गरियो।

२०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार स्थापना गर्नुभएको हो र २०४५ सालमा उहाँको देहावसान भएपछि गुठीले उहाँका नाममा ‘जगदम्बा-श्री’ पुरस्कार स्थापना गरेको हो। यी दुवै पुरस्कार हाल २/२ लाख रूपियाँका छन्। स्मरणीय छ: मदन पुरस्कार कृतिका लागि प्रदान गरिन्छ भने जगदम्बा-श्री व्यक्ति/संस्थालाई प्रदान गरिन्छ।

मदन पुरस्कार गुठी

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो।पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४०००/- रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,०००/- भएको छ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।२०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू. १००,०००/-को पुरस्कार जगदम्बा-श्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. २००,०००/- छ। २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गर्नुभएको थियो।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा-श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो।

 

समाचार/सूचना

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

अरु पढ्नुस्...

मदन पुरस्कार तथा जगदम्बा-श्री पाउनुहुने व्यक्तित्वहरु

मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कार विजेताहरुको नामावली

अरु पढ्नुस्...

MBBS अध्ययनमा सहभागीहरु

MBBS अध्ययनमा सहभागीहरुको नामावली

अरु पढ्नुस्...