ध. च. गोतामे मनहराकट्टी गाउँ, महोत्तरी जिल्लामा बाबु गोविन्दचन्द्र गौतम तथा आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. १९८९ सालमा जन्मेका हुन्। उनको खास नाउँ धनुषचन्द्र गौतम हो। घामका पाइलाहरू नामक उपन्यासका लागि उनलाई मदन पुरस्कार २०३५ प्रदान गरिएको हो।
|