15 Comments on श्रद्धाञ्जली पुस्तिका

Binaya Sapkota said : Guest 11 months ago

नेपाली साहित्य र त्यसकाे स‌रक्षणमा तपाइकाे अमूल्य याेगदानका लागि हार्दिक धन्यवाद दिदै तपाइकाे दिवग‌त अात्माकाे चिरशान्तीकाे कामना गर्दछु । परिवारजनमा हार्दिक समवेदना ।

  • Shantinagar, Kathmandu
ठाकुर पराजुली said : Guest 11 months ago

श्री कुन्द बाबु , कनक बाबु र रूपा बहिनी , मदनपुरस्कार गुठी , पाटन ढोका , लपु । कमल बाबु अब हामी माझ रहनुभएन , यो साह्रै नमीठो खबर पढेर म अवाक् भएँ । गुठीको एउटै परिवारको सदस्य भएर पनि अन्तिम दर्शनमा सरिक हुन नसकेकोमा दुख लाग्यो । मनै रोयो । हाल म देश बाहिर छु । म यता आउने बेला कमल बाबु UK मा , कुन्दजी र कनकजी पनि विदेशतिरै। कसैसंग भेट हुन सकेन र गजेन्द्रजीसंग फोनमा बताएर आएँ । हिजो बेलुका अकस्मात् यस्तो दुखद खबर पढ्दा म आफैलाई एक्लो र रित्तो बुख्याचा जस्तो लाग्यो । ‘म अनुमान गर्छु दीक्षित परिवारको त अनमोल रत्नै हराएको छ – यसबाट तपाइँहरू कति शोकाकुल र उद्विग्न रहनुभएको होला ‘ भगवानले यस्तो दुखदायी क्षणमा तपाइंहरुलाई यो शोक र पीडाको सङ्कटसंग भिड्न र धैर्य गर्न सक्ने शक्ति र सामर्थ्य प्रदान गररुन् । कमल बाबुको सूक्ष्म शरीर वा चेतनामा परमात्माले अफ्नो दिव्य ज्योति प्रदान गरुन् ‘ मेरो यही समवेदना र कामना छ । कमल बाबुको निधनबाट मदनपुरस्कार गुठीले मात्र होइन नेपाली भाषा र साहित्यतजगतले समेत् आफ्नो अमूल्य निधि गुमाएको छ् । त्यसको क्षतिपूर्ति तपाईंहरुको सबल शक्ति र पौरखबाट अवश्य हुने छ । म आशावादी छु । तपाइँ हरूसङ्ग कलमको शक्ति छ ; सङ्कल्पमा अडिग रहने दृढ चरित्र छ र छ अठोट पनि । अहिलेसम्म नेपाली साहित्यले कमल बाबुलाई नेपाली साहित्य र भाषाको विकास , विस्तार,संरक्षण र सम्मान गर्नमा मोतीराम भट्टका आधुनिक संस्करणका रूपमा मूल्याङ्कन गर्दैआएको छ । कमल बाबुले राखेको जग बलियो हुँदै जानुमा र रोपेको बिरुवा झाँगिंदै जानुमा नै मूल्याङ्कनले उचाई पाउनु स्वाभाविक पनि छ । ठाकुर पराजुली (हाल ; North Dartmouth , Massachusetts, USA)

  • Lokanthali
Pabitra Raut said : Guest 11 months ago

नेपाली साहित्य र त्यसकाे स‌रक्षणमा तपाइकाे अमूल्य याेगदानका लागि हार्दिक धन्यावद दिदै तपाइकाे दिवग‌त अात्माकाे चिरशान्तीकाे कामना गर्दछु । परिवारजनमा हार्दिक समवेदना ।

  • Dakshinkali-4 Kathmandu
Reecha Sharma Tiwari said : Guest 11 months ago

May his soul rest in Peace ,we have lost a prominent literary figure from the universe who cannot be born again .

  • Sarkari Dhara -29 KTM
Khemraj BC said : Guest 11 months ago

May the departed soul Rest In Peace. He was the highest authority of Nepali language. It's great loss.

  • Mississippi, USA
विष्णुप्रसाद ज्ञवाली said : Guest 12 months ago

मदन पुस्तकालय परिसरमै तपाईंसँग भएको पहिलो भेट नै अन्तिम भेट बन्यो मेरा लागि । तपाईंको बौद्धिक व्यक्तित्वले मलाई निकै प्रभाव पारेको थियो । नेपाली भाषा साहित्यमा तपाईंले पुर्‍याउनु भएको योगदानका बारेमा म बबुराले के मूल्यांकन गर्न सकुला र ! तर एउटा कुरा के सत्य हो भने भाषा साहित्यमा त्यसरी समर्पित हुने व्यक्ति इतिहासले सजिलै पाउने छैन ।

  • बल्खु
डा.अशोक थापा said : Guest 12 months ago

दादा नेपालमा बसेर नेपालीले गर्न सक्ने जति यहाँले गर्नु भयो । नेपाली साहित्य, पत्रकारिता र पुस्तकालय क्षेत्रले यहाँलाई हजारौँ वर्षसम्म सम्झिरहने छ । यहाँकै समीपतामा मदन पुरस्कार पुस्तकालयमा मैले मेरो जीवनका सबैभन्दा उर्जाशील ६ वर्ष बिताएँ । सायद मेरो जीवनमा उक्त ६ वर्ष अगाडि बढ्नको लागि एउटा बलियो आधारशीला बन्यो । भाषा साहित्यको विद्यार्थी भएकाले अझ थप धेरै नै पाएँ मैले त्यहाँबाट। पुस्तकालय विज्ञानमा एम् लिब एस्सी गर्नु छात्रावृत्ति पनि मैले त्यहीँबाट पाएको हूँ । जगदम्बा बृहत् नेपाली साहित्यको इतिहास लेखन परियोजनाका क्रममा यहाँको साथ र सहयोग अझ गहिरो बनेर गयो । हामी उक्ति परियोजना कुनै पनि हालतमा पूरा गर्ने छौँ । शोक पुस्तिकामा हस्ताक्षर गर्दा म निकै भावुक भएकको छु । यहाँको स्वर्गमा वास होस् । यहाँ प्रति हार्दिक श्रद्धा सुमन ।

  • लेखनाथ नगरपालिका कास्की-१७, पोखरा
Lekha Raj Bhandari said : Guest 12 months ago

May his departed soul rest in peace. My heartfelt condolences to the entire Dixit family

  • San Francisco, USA
Bal Krishna Bal said : Guest 12 months ago

Saddened to hear the demise of honorable Dada ji. I had the opportunity to work with this legendary figure. May his departed soul rest in peace. My heartfelt condolences to the entire Dixit family and the MPP team.

  • Sukedhara, Kathmandu
Shiva Prasad Tiwari said : Guest 12 months ago

साहित्यकार कमलमणि दीक्षितको मृत्यूको मृत्यूको खवर सुनेर दुःख लाग्यो । हार्दिक श्रद्धान्जली !

  • Kirtipur, Kathmandu
Pratik Lohani said : Guest 12 months ago

May his soul rest in peace..from all Lohani family...

  • Naxal-1,Kathmandu
विजय के. सी. said : Guest 12 months ago

हिँजैजस्तो लाग्छ दादाजी सँगको मेरो पहिलो भेट, जगदम्बा मेडिकल छात्रवृत्ति अन्तर्गत अन्तर्वाताको समय, उहाँको प्रश्न ल भन विजय तिमि मलाई,तिमि किन डाक्टर बन्न चाहान्छौ? सम्झिन्छु,87 बर्षको उमेरमा पनि उहाँको अनुहारमा भएको चमक,शरीरमा भएको उर्जा र बोलीमा भएको ओज। आखिर मृत्युनै एकमात्र परमसत्य न रहेछ।एक अभिभावक,अग्रज गुमाएको दुखद अनुभुती भैराखेको छ।उहाँको जीवन नै नेपाली भाषा साहित्यको एक कोसेढुङा हो,उहाँको योगदान इतिहासले भुल्ने छैन। उहाँ सधै मेरो मन मस्तिष्कमा रहिरहनुहुनेछ। भावपुर्ण श्रद्धान्जली महान आत्मालाइ,स्वर्ग कहिँ कतै छ भने त्यहाँ पुगिसक्नु भयोहोला। अलबिदा दादाजी।

  • गोतामकोट ३ रुकुम
रमेश भुसाल said : Guest 12 months ago

सबै मानिसले यो पृथ्वी र भावी सन्ततीका लागि योगदान गरेर जाँदैनन् र सबै मानिस सम्झन लायक पनि हुँदैनन्। नेपाली भाषा नेपाली समाजका लागि जे योगदान गरेर जानुभो त्यसका लागि धेरै धेरै धन्यवाद।तपाइको स्वर्गमा बास होस्। परिवारजनमा हार्दिक समवेदना।

  • विनायक कोलोनी भैसेपाटी ललितपुर
कृष्ण वस्ती said : Guest 12 months ago

नेपाली भाषा-साहित्यका अथक साधक,मदन पुरस्कार गुठी-पुस्तकालय र पुरस्कारका पर्याय आदरणीय कमलमणि दीक्षितको निधनको समाचारले मर्माहत छु।नेपाली भाषा-साहित्यले अथक साधक र देशले इमान्दार सन्तति गुमाएको छ।भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु उहाँप्रति।

  • सह प्राध्यापक, स्नातकोत्तर क्याम्पस विराटनगर।नेपाली विभाग
डा. लक्ष्मीप्रसाद खतिवडा said : Guest 12 months ago

प्रेरक प्रसङ्ग “बाल्यकालका मानसिक कल्पनालाई ख्यालख्याल ठान्नु हुँदैन” - - - कमलमणि दीक्षित नेपाली युनिकोडको विकास र नेपाली भाषा कम्प्युटिङमा काम गर्ने क्रममा कमलमणि दीक्षितज्यु (दादा) सँग प्राय भेट हुने गर्थ्यो । एकान्त समय पाउने वित्तिकै व्यक्तिगत कुराकानी छेडेँ मदन पुरस्कार कसरी जन्मियो ? सम्झना गर्दै उहाँ भन्नुहुन्थयो - - १९९५-९६ तिर असन कमलाछीको 'मानदास चित्तधर' को किताप पसल देख्दा सबै सन्सार त्यहीँ छ जस्तो लाग्थ्यो र कमलको पुस्तक सङ्ग्रहको बिउ रोपिएको हो । पढाइकै क्रममा “कमलको पुस्तक सङ्ग्रह” बनाइयो । भोटाहिटीको हरेक पुस्तक भण्डारबाट समेत सेकेन्डह्यान्ड पुस्तक भेला गरियो कमल पुस्तक सङ्ग्रहमा । पछि वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा र मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको हो” । उहाँले त्यो बाल्यकालको छापलाई केटाकेटीको कल्पना भनेर छोड्नु भएन मूर्तरुप दिनुभयो । आज उहाँकै श्रद्दाञ्जलि शोकपुस्तिकामा सहीछाप गर्नुपर्दा ज्यादै भावुक र मर्माहत भएको छु ।

  • अनन्तलिङ्गेश्वर ५ बालकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked

तपाईँको ईमेल वेबसाईटमा देखाईने छैन। (e-mail will not be published)

तपाईँको फोन नं वेबसाईटमा देखाईने छैन। (phone no. will not be published)